वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सुदूरपश्चिम प्रदेश यस प्रदेशमा स्वास्थ्य आपूर्तिको प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। यस केन्द्रले प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित औषधी एवं स्वास्थ्य सामाग्री आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्दछ । यस केन्द्रले खोप तथा खोप सामग्री, औषधी एवं स्वास्थ्य सम्वन्धी उपकरणहरु खरिद, भण्डारण र वितरणसँग सम्बन्धित कार्यलाई केन्द्रबिन्दुमा राखि सेवा प्रवाह र्गदै आइरहेको अबस्था छ ।स्वास्थ्य सामग्रीको आपूर्ति र व्यवस्थापनको सुनिश्चित गर्नका लागि यस केन्द्रले केन्द्रमा स्वास्थ्य सेवा विभाग, प्रदेशमा स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, अस्पताल, स्थानिय सरकार, दातृ निकायहरुबीच र अन्य संघ संस्थाहरुबीच समन्वय गर्दै आपूर्ति व्यवस्थापन सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरि नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । स्वास्थ्य कार्यालय, अस्पतालहरु तथा स्थानिय तहलाई कोभिड-१९ लगायत बिभिन्न रोगको रोकथाम, निदान र व्यवस्थापनका लागि चाहिने आवश्यक औषधी लगायत स्वास्थ्य सामग्री खरिद गर्नका लागि प्राविधिक विवरण (स्पेसिफिकेशन) तयार गर्न, लागत अनुमान तयार गर्न, बोलपत्र सम्बन्धी कागजात तयार गर्न तथा बोलपत्रहरुको प्राविधिक परीक्षण र मूल्याङ्कन गर्नका लागि यस केन्द्रले सहजीकरण र्गदै आइरहेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यस सुदूरपश्चिम प्रदेशमा सबै नेपाली नागरिकहरूलाई विशेष गरि महिला, बालबालिका, जेष्ठ नागरिक, शहरी वा ग्रामीण क्षेत्रमा बसोबास गर्ने एवं सीमान्तकृत जनसंख्यालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न प्रतिवद्ध रहेको छ ।